Saturday, January 5, 2013

गजल


     
 मेरो जिबनको सार तिमीलाई !
जनम जनमको प्यार तिमीलाई !!
दुई मुटू धढ्कन एक,
बैंशको मिठो उपहार तिमीलाई !
हराउन देऊ ती तिम्रा नयनमा
मेरो पुरै संसार तिमीलाई!
मायाको फूलले सिँगारी राख्नु
मालीको आधा भार तिमीलाई !
जोगाईदिनु मर्यादा सँधै
रातो रंगको सँस्कार तिमीलाई !



No comments:

Post a Comment