Monday, June 20, 2011

गजल


फक्रीएको फूलसरी हाँसीराख तिमी
मिलन विछोड यस्तै रैछ बाँचीराख तिमी

याद अनि सम्झनाले झस्काउन सक्छ तिम्लाई
मेरो तस्विर मुटुभित्र टाँसीराख तिमी

मेरो माया माथी यदि शंका तिम्लाई लाग्छ भने
पटक –पटक मेरो मनलाई जाँचीराख तिमी

जनम जनम सम्म पुग्ने माया तिम्लाई गरेको छु
पवित्र र चोखो माया साँचीराख तिमी

मायाको यो हाम्रो बन्धन टुक्र्याउन खोजेपनि
टुक्रा–टुक्रा डोरीलाई गाँसीराख तिमी
मिलन बिछोड यस्तै रैछ बाँचीराख तिमी

No comments:

Post a Comment