Monday, January 21, 2013


     

Saturday, January 5, 2013

गजल


     
 मेरो जिबनको सार तिमीलाई !
जनम जनमको प्यार तिमीलाई !!
दुई मुटू धढ्कन एक,
बैंशको मिठो उपहार तिमीलाई !
हराउन देऊ ती तिम्रा नयनमा
मेरो पुरै संसार तिमीलाई!
मायाको फूलले सिँगारी राख्नु
मालीको आधा भार तिमीलाई !
जोगाईदिनु मर्यादा सँधै
रातो रंगको सँस्कार तिमीलाई !



Thursday, January 3, 2013


     
By मदन घिमिरे

तर्की बस्दा पनी अलीकती , मुटूको तार टुट्छ !
घट्दा माया पनी पीलपीले , आँसुको मुल फुट्छ !!
कस्तो गार्हो भइ िदनदिनै , तापीलो राफ बल्छ !
बिर्सु भन्दा पनी अझ छिटो , फत्फती आँत गल्छ !!

के होला त्यो कुन रहरले, आई बासा बसेको !
खोल्छु भन्दा अझ बेसकरी , गाँठो पारी कसेको !!
माया थप्नु भनी त्यो रोगको , औषधि हो भनेर !
चोखो माया पनी अली कती , थपीदीउँकी चुमेर !!