Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Sunday, September 23, 2012

गजल


- महेश
मेरो यादले सताएर, साह्रै उदास बन्छेउ अरे।
पँधेरीमा कुरा चल्दा , माया मार्यो भन्छेउ अरे।

बिबशता मा आल्झिरहे, सकिन नि फर्कनलाई
कहिले होला फर्कने म, भन्दै दिन गन्छेउ अरे ।

पर्देशमा भएपनी, सपना देख्छु गाउँघरकै,
चाडबाड आउँदा आमा, फोटो छुंदै रुन्छेउ अरे ।

मेरो यादले सताएर, साह्रै उदास बन्छेउ अरे। 
पँधेरीमा कुरा चल्दा, माया मार्यो भन्छेउ अरे !






     

Monday, September 3, 2012

त्यसैले म उनको हुन सकिन


-महेश घिमिरे
मिसिसीपी
अमेरिका

                साउनमा ब्रत नबस भनेको थियँ
                मानीनन् 
                ब्रत बसीछन 
                मठ मन्दिर धाइछन र मागीछन 
                महादेव जस्तै स्वामी पाउँ भनेर !
                उनको ब्रतले काम गरेछ क्यारे 
                म गाँजा भाङ धतुरो नखाने मान्छे 
                यो सत्ययुग होइन !
                म महादेव जस्तो हुन सकिन !


                कृष्णअस्टमीमा पनि ब्रत नबस भनेको थियँ ,
                मानीनन्
                दिनभर भोकै बसीछन ,
                कृष्ण जस्तै स्वामी पाउँ भनिछन !
                भगवान ले सुनेछन क्यारे ,
                तर यो तेत्रायुग होइन !
                म कृष्ण जस्तो हुन सकिन!


                तीजमा पनि ब्रत बसीछन ,
                झन पानी समेत नखाइ बसीछन ,
                 उनको मनका सबैकुरा पुर्याइदिन सक्ने 
                 योग्य स्वामी पाउँ भनिछन !
                 म आफ्नै बिबसतामा अल्झियको मान्छे ,
                 उनले मागेको जस्तो हुन सकिन! 
                 यो कलियुग हो 
                 म जस्तो छु ,आँफै जस्तो छु ,
                 म अरुजस्तो हुन सकिन !
                 त्यसैले म उनको हुन सकिन  !



     

Friday, December 16, 2011

एउटा अर्को गजल

Like My blog on  Facebook
Ek  Raj Adhikari    
Hattiesburg, USA    

*****************************************************************************************************

                           
                             
टाढैबाट कर्के नजर, हान्थ्यौ लजाइ लजाइ ,
                              नजिक हुन खोज्दा टाढा , जान्थ्यौ लजाइ लजाइ


                             
सोह्रै सिङ्गार् सजिएर, कालो केश लर्काउदै,
                              मुख छोपी नहेर भो, भन्थ्यौ लजाइ लजाइ ॥


                             
माया गर्दै दु:ख-सुख साटफेर गर्न ,
                              तिमी सधैं एकान्त ठाउँ, छान्थ्यौ लजाइ लजाइ


                             
दिन्नौ भने जान्न आज, भनि जिद्धी गर्दा ,
                              आँखा चिम्म पारी म्वाई, खान्थ्यौ लजाइ लजाइ


                              आउने छु फर्की चाढै, दियो बाली कुर्नु भन्दा , 
                              आजै सिउँदो भरिए झै, ठान्थ्यौ लजाइ लजाइ ॥


                              टाढैबाट कर्के नजर, हान्थ्यौ लजाइ लजाइ ,
                              नजिक हुन खोज्दा टाढा, जान्थ्यौ लजाइ लजाइ॥


*****************************************************************************************************


Thursday, December 15, 2011

एउटा गजल

Like My blog on  Facebook
By   Saloja  Sky        

*****************************************************************************************************

                              फूलैले रेटेर दुख्यो रे आज ॥
                              आँखैमा बर्षात सुक्यो रे आज ॥


                              खै ! कस्ले बाँधेर गएको थियो,
                              प्रेमको गाठो फूक्यो रे आज ॥


                              जवानी रहर र उमंग हैन,
                              मनसंग मूल्य चुक्यो रे आज ॥


                              बेचिएछ स्वाभिमान कहिले,
                              निर्दोशी शिर झुक्यो रे आज ॥


                              शितल शान्त आनन्द थियो,
                              टाढाको शहर भुक्यो रे आज॥


                              फूलैले रेटेर दुख्यो रे आज ॥
                              आँखैमा बर्षात सुक्यो रे आज ॥


*****************************************************************************************************


Saturday, October 29, 2011

तिहार को सम्झना:

तिहार को सम्झना: पुरनो डाईरीबाट 

आजभन्दा पहिले १ चोटि मात्र तिहारमा घर जान सकेको थीइन ।
 त्यतिबेला लेखेका यी हरफहरु अहिले झन सान्धर्भिक लागेर यहाँ राखेको छु 
२०६० साल कार्तिक १० गते भाईतिहर                              महेश्वर घिमिरे      
हाल: Hattiesburg, USA 



Like me on Facebook

Friday, July 22, 2011

लौन म के गरौ?.........

by Bikash Adhikari
UAE


एक दिनको कुरा हो म पोखरा बाट काठमाडौं को यात्रा गर्दै थिय, मेरो सिट को नजिकै एक अर्ध बैसे महिला र उनी सग एउटा सानो बच्चा पनि थियो जब हाम्रो एकआपसमा परिचय भयो उनी पनि काठमाडौं नै जान हिंडेकी रहिछिन एक अपसमा हामी कुरा गर्दै थिऔ बस आफ्नै गतिमा कुदिरहेको थियो त्यो सानो बच्चा घरि म तिर घरि उनितिर गर्दै खेलिरहेको थियो मलाइ नि साह्रै रमाइेलो लगेको थियो बच्चाको तोते बोली पा पा मा मा गर्दैथियो जब बिच बाटोमा नास्ता गर्नको लागि बस रोकियो अनी उन्ले बच्चा लियर जान अप्ठेरो भएको कारण मलाइे नै लियर आॐने भनिन। अनी म गयर २ ठाउँमा नास्ता लियर आय दुबै जानाले खान सुरु गरौ बच्चा पनि अली अली गर्दै खाँदै थियो ।  जब उन्ले खादै गरेको बिस्कुट खोसेर खान थाल्यो मपनी खाँदै थिए अचानक तो उनिसग मुख्मा खाँदै गरेको बिस्कुट खोसेर मेरो भाग मा  हलिदियओ म दोधार मा  परे खाउ कि नखाउ ।  उनी अली शर्म लगे जस्तो गरेर सरी अर्को लियर खनोस न के गर्ने हेर्नु न बच्चा ले गर्दा भन्दै थिइेन जब उन्ले सरी भनिन अनी मेरो मन पनि के भयो कुन्नी खान सुरु गरे उनी शर्मले लजाएर बच्चा लाई गाली गरेजस्तो गरेर अंकल लाई जमै जुठो खोइदिओ भन्दै थिन म पनि होइन होइन ठिकै छ बच्चा हरु यस्तै हुन्छन नि भन्दै अप्ठरो लागि लागि खाए।। तेस्पछी हामी भलाकुसरी गर्न थालएौ रमाएिला कुरा गर्दा गर्दै बस टक्क रोकिओ अनी बस स्टाफ ले खान खाने समय २० मिनट मात्र पो भन्छ अनी हामी नि सगै खान खान होटेल मा गयौ उनी मासु नखाने रहिछिन तै भयर २ टा शाहाकरी खाना मगायर खान सुरु गरौ फेरी पनि बच्चा ले उन्को खाना मेरो थाल म मेरो खाना उन्को थाल मा गरिरहेको थिओ तर हामी दुबइ जान मुसु मुसु हाँस्दै खाना खायौ। अनी उठेर काउन्टरमा पैसा बुझ्आउन गयौ उन्ले मलाई पैसा तिर्न दिइेनन म नि ठिकै छ भनेर हामी बस तर्फ लगयौ बस गूड्न थाल्यो हामी नि गफ गर्दै थिऔ,हुँदा हुँदा माया पिरती का कुरा पो सुरु हुन थाले ।  उन्ले तपाईं त साह्रै राम्रो मान्छे हुनुहुदो रहेछ भन्दै आफ्नो बुडा सग सम्बन्ध बिछेद भयको कुरा गरिन र बच्चा को भबिस्य को लागि काठमाडौं मा एउटा सानो पसल गरेको कुरा बेक्त गर्दै थिइेन ।  म पनि उन्को कुरा मा  सपोर्ट गर्दै थिये फेरी बस रोकिओ पिसाब फेर्ने ठाउँ भन्दै थिओ उनी म जान्छु बच्चा हेर्नोस है भनेर बहिर गैन सबै जान आय तर उनी आइनन ।   मैले बस स्टाफ लाई उनी नआयको कुरा जनाय ।  सबै जना उनिलाई खोज्न गय अनी नभेटेपछी फर्केर आय ।  म अकुल न बाकुल भय ।  सबै जना जाउ भन्दैथिए मैले एकछिन यहाँ बच्चा छ भन्दै कराउदै थिए, कन्डक्टर यो बच्चा तपाइेको हो अगिनैबाट तपाईं सग खेलिरहेको छ भन्न थाल्यो ।   मैले जिद्दी गर्दै थिए, बच्चा पनि रमाइेलो सग खेल्दै थियो   मसग, म त के गरौ के नगरौ भयो अनी कन्डक्टअर ले ति महिला को घर यहाँ नै हो मैले चिनेको छु यो बच्चा तपाईंको नै हो भन्यो अनी मैले उस्लाई मली उन्को घर सम्म पुरैएदेऔ भनेर बिन्ती गरे अनी अरु बसका यात्राु ले पनि अनुरोध गरेपछी  हामी बस बाट झ्ररयौ र अर्को बस मा जाउला भनेर त्यो बसलाई  जान दिँयौ ।  कन्डक्टर अगी अगी म पछी पछी बच्चा   बोकेर हामी तिन्को घर तर्फ लाग्यौ  जब तिन्को घरमा पुगेसी उनी बहिर बसेकी रहिछिन अनी मैले रिसाउँदै के हो बच्चा छोडेर हिंड्ने आफ्नो बच्चा समाल्न नि सक्नुहुन्न भन्दै रिसयौन थाले उनी त कस्को बच्चा हो यो यहाँ किन ल्याएको भन्दै उल्टो मलाइे पगल पो भन्न थालिन ।  गाउका सबै मनिष भेला भय मैले नि मेरो होइन भन्ने उन्ले नि मेरो होइन भने लामो झगडा भयपछी बच्चा ले आफ्नो मान्छे चिन्छ बच्चा लाई बिच मा राखयौ बच्चा जता जान्छ यो बच्चा उसकै हो भन्न थाले ।   म साह्रै के गरौ के नगरौ भय उनिहरु सबै गाउका थिए म त एक्लो थिए बाध्यताले स्विकार गरे अनी बच्चा लाई बिचमा राखियो  र हामी २ तिर बस्यौ मुटु ढुक ढुक भयको थिओ सरिर बाट पसिन खल्खली बगेको थिओ, म आतियको थिए, कतै बच्चा आँफैतिर आउने त होइेन।।।।।।।...म डराउदै थिय बच्चा बिच मा नै थिओ तेतिकैमा मोबाईल को घन्टी बज्यो अनी भन्न थाल्यो टाईम टु गेट अप 6 ओक्लक।।।।।।म झसँग भय, जर्खराउदै उठेर बाथ्ररूम तिर लागे...


**********************************************************************************
**********************************************************************************


Like my blog on Facebook

Monday, June 20, 2011

गजल


फक्रीएको फूलसरी हाँसीराख तिमी
मिलन विछोड यस्तै रैछ बाँचीराख तिमी

याद अनि सम्झनाले झस्काउन सक्छ तिम्लाई
मेरो तस्विर मुटुभित्र टाँसीराख तिमी

मेरो माया माथी यदि शंका तिम्लाई लाग्छ भने
पटक –पटक मेरो मनलाई जाँचीराख तिमी

जनम जनम सम्म पुग्ने माया तिम्लाई गरेको छु
पवित्र र चोखो माया साँचीराख तिमी

मायाको यो हाम्रो बन्धन टुक्र्याउन खोजेपनि
टुक्रा–टुक्रा डोरीलाई गाँसीराख तिमी
मिलन बिछोड यस्तै रैछ बाँचीराख तिमी