Ek Raj Adhikari
Hattiesburg, USA
Hattiesburg, USA
टाढैबाट कर्के नजर, हान्थ्यौ लजाइ लजाइ ,
नजिक हुन खोज्दा टाढा , जान्थ्यौ लजाइ लजाइ॥
सोह्रै सिङ्गार् सजिएर, कालो केश लर्काउदै,
मुख छोपी नहेर भो, भन्थ्यौ लजाइ लजाइ ॥
माया गर्दै दु:ख-सुख साटफेर गर्न ,
तिमी सधैं एकान्त ठाउँ, छान्थ्यौ लजाइ लजाइ॥
दिन्नौ भने जान्न आज, भनि जिद्धी गर्दा ,
आँखा चिम्म पारी म्वाई, खान्थ्यौ लजाइ लजाइ॥
आउने छु फर्की चाढै, दियो बाली कुर्नु भन्दा ,
आजै सिउँदो भरिए झै, ठान्थ्यौ लजाइ लजाइ ॥
टाढैबाट कर्के नजर, हान्थ्यौ लजाइ लजाइ ,
नजिक हुन खोज्दा टाढा, जान्थ्यौ लजाइ लजाइ॥
No comments:
Post a Comment