Sunday, September 23, 2012

गजल


- महेश
मेरो यादले सताएर, साह्रै उदास बन्छेउ अरे।
पँधेरीमा कुरा चल्दा , माया मार्यो भन्छेउ अरे।

बिबशता मा आल्झिरहे, सकिन नि फर्कनलाई
कहिले होला फर्कने म, भन्दै दिन गन्छेउ अरे ।

पर्देशमा भएपनी, सपना देख्छु गाउँघरकै,
चाडबाड आउँदा आमा, फोटो छुंदै रुन्छेउ अरे ।

मेरो यादले सताएर, साह्रै उदास बन्छेउ अरे। 
पँधेरीमा कुरा चल्दा, माया मार्यो भन्छेउ अरे !






     

No comments:

Post a Comment