Wednesday, July 24, 2013

उदास जिन्दगी ?


     

मेरा एक जना मित्र ले अमेरीका आएको एक बर्ष पुग्दा आफ्नो मनमा लगेको नैरास्यता यसरी प्रकट गरे 

""काठमाडौं को एअरपोर्ट मा बिदाइको हात हल्लायको पनि आज एक बर्ष पुगेछ। यो एक बर्ष को आन्तराल मा एक-दुई बर्ग सेन्टिमिटर तालुको छेत्रफल बधेछ। सय-दुई सय वटा कपालहरु थप फुलेछन। दुइ-तिन वटा क्रेडिट कार्ड को रिन थपियछ र अन्तत: चिहानको दुई-चार हात नजिक पुगियछ। अरु खसै नयाँ कुरा याद आयन र भयन होला पनि शायद।""


अनी यस्तै नैरास्य भाव मा गजल पनि लेखेका रैछन् 

""उखु देखिने यो ढोड जिन्दगी 
बिना  स्वाद को यो रोड जिन्दगी
दिनभरीको मेहनत, दुइ ओटा हिसाब
 कुहिदै छ, यो बेजोड जिन्दगी
गाउ घरका साथी सोच्दा होलान्
टिप्दै  रुख्मा करोड जिन्दजी
कतिन्जैल स्वाङ रचौँ , कथित प्रगती को
रितिन्छ कहिले यो लोड जिन्दगी
सोच्दछु आज, कहि गल्ति भैछ क्यारे
 सचिन्न रेहेछ, यो बेतोड जिन्दगी ""

तपाईंहरु उहालाइ केही सुझाब सल्लाह दिन चाहनुहुन्छ कि ? तल कमेन्ट मा है त ! 

Monday, July 1, 2013

टन्टलापुर घाम मा ताल को छेउ तिर टहलिँदै ..


     

बिदाको दिन , टन्टलापुर घाम मा ताल को छेउ तिर टहलिँदै ..








Monday, June 24, 2013

अमेरिकि नागरिकको नेपाली लोक दोहोरी


     


हैन यो गोरी ले नेपाली लोक दोहोरी गाउँछे भन्ने त थाहा थियो , तर यती राम्रो सवाल जवाफ गर्छे भन्ने थाहा थियन, साँच्चीकै राम्रो पो गाउँदीरैछ ! 

हवाना विश्वबिद्यालयमा उपप्राध्यापक पद मा कार्यरत अन्ना स्टिर् ले  एसियन संगीत ( बिशेष गरी नेपाली लोक दोहोरी मा आउने माया प्रेमका सवाल जवाफ ) मा  कोलम्बिया विश्वबिद्यालयबाट बिध्याबारिधी गरेकी हुन ! उनी नेपाली लोक गीत को ज्ञाता मात्र नभयर राम्रो गायक पनि हुन पुगेकी छन ! उन्ले  अमेरिका को न्युयोर्कमा आयोजीत कार्यक्रममा राजेश थापा सँग गायको  दोहोरी गीत राम्रो लगेर यहाँहरु प्रस्तुत गरेको छु !