Tweet
मेरा एक जना मित्र ले अमेरीका आएको एक बर्ष पुग्दा आफ्नो मनमा लगेको नैरास्यता यसरी प्रकट गरे
""काठमाडौं को एअरपोर्ट मा बिदाइको हात हल्लायको पनि आज एक बर्ष पुगेछ। यो एक बर्ष को आन्तराल मा एक-दुई बर्ग सेन्टिमिटर तालुको छेत्रफल बधेछ। सय-दुई सय वटा कपालहरु थप फुलेछन। दुइ-तिन वटा क्रेडिट कार्ड को रिन थपियछ र अन्तत: चिहानको दुई-चार हात नजिक पुगियछ। अरु खसै नयाँ कुरा याद आयन र भयन होला पनि शायद।""
अनी यस्तै नैरास्य भाव मा गजल पनि लेखेका रैछन्
""उखु देखिने यो ढोड जिन्दगी
बिना स्वाद को यो रोड जिन्दगी
दिनभरीको मेहनत, दुइ ओटा हिसाब
कुहिदै छ, यो बेजोड जिन्दगी
गाउ घरका साथी सोच्दा होलान्
टिप्दै रुख्मा करोड जिन्दजी
कतिन्जैल स्वाङ रचौँ , कथित प्रगती को
रितिन्छ कहिले यो लोड जिन्दगी
सोच्दछु आज, कहि गल्ति भैछ क्यारे
सचिन्न रेहेछ, यो बेतोड जिन्दगी ""
तपाईंहरु उहालाइ केही सुझाब सल्लाह दिन चाहनुहुन्छ कि ? तल कमेन्ट मा है त !